बारपाक सुलिकोट गाउँपालिकाको संक्षिप्त परिचय
गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्तो बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्तो बोकेका स्थ्यलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यस गाँउपालिकामा गुरुङ्ग,घले, बराम, ब्राह्मण,क्षेत्री,तामाङ्ग,नेवार,दलित,मगर, मुस्लिम आदि जातजातिहरुको बसोबास रहेको छ। यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। त्यसैगरी बरामहरुले चण्डि पुर्णिमा, गुरुङ्गले ल्होसार, मुस्लिमले ईद आदि मनाउने गर्दछन।
जनसंख्याः २५३८९
वडा संख्याः ८ वटा
भौगोलिक अवस्थिति:
पुर्वमाः आरुघाट र धार्चे गाँउपालिका
पश्चिममाः सिरानचोक गाँउपालिका
उत्तरमाः अजिरकोट गाँउपालिका
दक्षिणमा: भिमसेनथापा गाँउपालिका
हावापानीः अर्धौष्ण,समसितोष्ण
अधिकतम तापक्रमः लगभग ३०।३२ डिग्री सेन्टिग्रेड
न्युनतम तापक्रमः १० डिग्री सेन्टिग्रेड भन्दा तल
पदाधिकारीको विवरण
अध्यक्ष
नाम: बिष्णु प्रसाद भट्ट
फोन: ९८५६०४०८७३
उपाध्यक्ष
नाम: सनमाया गुरुङ
फोन: ९८६०६४७८३७
प्रमुख प्रशासकीय अधिकृत
नाम: गौतम भण्डारी
फोन: ९८५६०१००६०