बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा मिति २०७७/०६/१४ गते देखि "महिलासंग उपाध्यक्ष कार्यक्रम" अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका वडा नं १ बारपाक महिला भवनमा सुरु भएको महिला लक्षित आधारभुत तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ। बारपाक सुलिकोट गाउँपालिका महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख लालमाया तामाङको संयोजकत्वमा सुरु भएको कार्यक्रमको समापन गाउँपालिकाको उपाध्यक्ष सनमाया गुरुङले यहि मिति २०७७।१०।०६ गते गर्नु भएको हो। महिलाहरुलाई ब्यबसायमुखि बनाउन प्रेरित गर्ने लक्क्षले आयोजना गरिएको उक्त कार्यक्रमबाट बारपाक सुलिकोट वडा नं १र २ को गरि जम्मा २६ जना महिलाहरुलाई तालिम दिईएको थियो। समापन कार्यक्रममा प्रशिक्षणार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले उपस्थित महिलाहरुलाई निर्वाहमुखि सिप सिक्न अग्रसर हुन आग्रह गर्दै महिलाको जीवन स्तर अभिवृद्वि गर्न आउँदो दिनहरुमा यस्तै कार्यक्रमहरु संचालन गर्न आँफुले पहल गर्ने कुरामा प्रतिवद्वता जनाउनुभयो।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





