FAQs Complain Problems

आर्थिक प्रशासन शाखा

आर्थिक प्रशासन शाखाका कार्य जिम्मेवारीहरू :

  • राजस्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन ( राजस्व चुहावट नियन्त्रण समेत) सम्पत्ती कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत) दण्ड जरिवाना, मनोरन्जन कर, बहालविटौरी कर, घर जग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यावसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, सङ्कलन र नियमन, अन्य आय व्यवस्थापन
  • सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाडँफाँड
  • आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, सङ्घीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
  • स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, सङ्कलन तथा व्यवस्थापन)
  • मालपोत सङ्कलन
  • कानून बमोजिम ढंगा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
  • ट्रेकिङ्ग, कार्यकिङ्ग, क्यानोनिङ्ग, बञ्जी जम्पिङ्ग, जिपफ्लायर, याफ्टिङ्ग शुल्क
  • सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
  • पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
  • प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र सङ्घीय मापदण्ड पालना प्रचलित कानून बमोजिम दण्ड जरिवाना
  • बाँकी बक्यौता रकमको लगत र असुल उपर
  • करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
  • आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
  •  राजस्व परामर्श समिति सम्बन्धी विषय
  • स्थानीय राजस्व प्रबर्द्धनका लागि प्रोत्साहन
  • राजस्वको सम्भाव्यता अध्ययन
  • राजस्व सूचना तथा तथ्याङ्ककको आदान प्रदान
  • सङ्घीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यस्था
  • आर्थिक (कार्यविधि) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
  • संचित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
  • लगानी र लाभांशको व्यवस्थापन
  • लेखा व्यवस्थापन, खर्च, राजस्व, धरौटी, कार्य सञ्चालन कोष तथा अन्य सरकारी कोष तथा सम्पत्तीको एकीकृत विवरण
  • 'बारपाक सुलिकोट गाउँपालिका
  • समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
  • ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
  • लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
  • कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
  • राजस्व तथा व्ययको अनुमान
  • बेरुजु फछ्र्यौट
  • आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय
  • आन्तरिक तथा पूर्व लेखापरीक्षण

शाखा प्रमुखः कल्पना पौडेल रेग्मी

सम्पर्क नं ः ९८४६३६२०५७

Social Security