FAQs Complain Problems

६ नं. वडा

कार्यालयकाे स्थान ः पाल्खु

साविक ताकुकोट  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३२१७ रहेकाे छ ।भीमसेन मन्दिर र मै भगबती मन्दिर  यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

५ नं. वडा

कार्यालयकाे स्थान ः तामालाबोट

साविक तामालाबोट गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ५ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १८१८ रहेकाे छ ।

जलकन्या देवी, कालिका देवी, शिव मन्दिर, महादेवथान मन्दिर, सालाफेद देवी मन्दिर, भीमसेन मन्दिर, च्यानडाँडा  आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

४ नं. वडा

कार्यालयकाे स्थान ः स्वौरपानी

साविक स्वौरपानी  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ५१२६ रहेकाे छ ।

धार्चे, हात्ती सुढ़े मन्दिर , बाल भैरब मन्दिर , फुलदेवी मन्दिर, थानिथान मन्दिर , लप्सिपानी देवी, भैरबनाथ मन्दिर , जलकन्या देवी पोखरी बाराही मन्दिर  आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

३ नं. वडा

कार्यालय रहेको स्थान: स्वारा

साविक स्वारा  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३०९६ रहेकाे छ ।सीता गुफा , अकला बागेस्वोरी मन्दिर , बाह्रमुले  देवीस्थान मन्दिर, काफल डाडा गुम्बा , थालादेवी , मनकामना, धार्चे, सुलिकोट,बजेनी ताल आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

२ नं. वडा

साविक बारपाक गा.वि.स वडा नं. १,२,३,७,८ र ९ समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ४१२० रहेकाे छ भने क्षेत्रफल... वर्ग कि.मि  रहेकाे छ।

कोट मन्दिर  यस वडाको धार्मीक तथा पर्यटकीय स्थल हो । यस वडामा स्थानिय घले र गुरुङ  समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

१ नं. वडा

कार्यालयकाे स्थान ः वारपाक

साविक बारपाक गा.वि.स वडा नं.४,५ र ६ समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १६८१ रहेकाे छ भने क्षेत्रफल... वर्ग कि.मि  रहेकाे छ।

रुपिंगला, नारदपोखरी, बौदहिमाल, धार्चे, माम्चे हिल , खुम्चे गुम्बा आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा स्थानिय बारपाक  समुदायकाे वसाेवास रहेकाे पाइन्छ । 

यस वडामा मुख्यतया उत्तिस,सल्लो,साल,चिलाउने जस्ता रुखहरु पाईन्छन।

Pages

Social Security