FAQs Complain Problems

बारपाक सुलिकोट गाउँपालिकाको विभिन्न वडामा घटना दर्ता अभियान हुँदै

 बारपाक सुलिकोट गाउँपालिकाको पन्जिकरण शाखाको समन्नयमा बारपाक सुलिकोट गा.पा.को विभिन्न वडामा घटना दर्ता अभियान भईरहेको छ। राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको आयोजनामा बैसाख १ देखी १६ सम्म देशैभर घटना दर्ता अभियान सन्चालन भईरहेको हो।जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको ३५ दिन भित्रै आफ्नो स्थायी ठेगानाको वडा कार्यालयमा गई दर्ता गरौं,जन्म र मृत्यु दर्ताको सूचना परिवारको मुख्य व्यक्तिले र निजको अनुपस्थितिमा परिवारको १८ वष उमेर पुगेको व्यक्तिले सूचना दिन सक्छन्, जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो,विवाहको सूचना पति र पत्नी दुवैले दिनु पर्छ,सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्, बसाई सराई दर्ता गर्दा व्यक्ति आफू मात्र बसाई सरी गए व्यक्तिले र परिवार नै बसाई सरी गए परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले सूचना दिनु पर्छ भन्नेजस्ता जानकारीहरु स्थानिय समुदायमा जानकारी दिन यो अभियान बारपाक सुलिकोट गाउँपालिकाको बिभिन्न वडाहरुमा, स्वास्थ्य चौकिहरुमा,विद्यालयहरुमा र स्थानिय टोलटोलमा  भईरहेको छ।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: