FAQs Complain Problems

युवा, खेलकुद तथा शिक्षा शाखा

युवा, खेलकुद र शिक्षा शाखाका कार्य जिम्मेवारीहरू :

  • प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
  • सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन र नियमन,
  • मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
  • गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ती व्यस्थापन,
  • गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
  • विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
  • विद्यालयको नामकरण,
  • सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तीको अभिलेख, संरक्षण र व्यवस्थापन, विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
  • सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
  • विद्यालयको नक्सांकन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
  • सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
  • आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन, विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन,
  • निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
  • ट्युसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन, स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रबर्द्धन र स्तरीकरण,
  • स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
  • माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
  • सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आयव्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
  • शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालीम तथा क्षमता विकास,
  • अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन,
  • युवा तथा जागरण विकास,
  • युवा खेलकुद र स्काउट सम्बन्धी निति, कानून, मापदण्ड नियमन,
  • स्थानीय स्तरका खेलकुद सङ्घ संस्थाहरूको नियमन र समन्वय,
  • गाउँ खेलकुद परिषद,

शिक्षा शाखा प्रमुखः भीम कुमार श्रेष्ठ

सम्पर्कः ९८४६५७०१७२

Social Security